FAQs Complain Problems

ग्यालरी

जितगढी किल्ला : हाम्रो राष्ट्रिय पहिचान,बुटवलको शान
बुटवल उपमहानगरपालिकाको वडा नं १ मा रहेको ऐतिहासिक सम्पदा जितगढी किल्लाको संरक्षण गर्दै गुरुयोजना बनाउने काम भइरहेको छ । त्यहाँ बन्ने गुरुयोजनाको प्रारम्भिक मस्यौदाका बारेमा आज बुटवलमा छलफल र सुझाव संकलन भएको छ । पर्यटन विकासका लागि स्थानीयले अपनत्व गर्ने र स्थानीय बासिन्दाको समृद्धिसंग जोडिने गरि विकासका कामहरु अगाडि बढाइने प्रमुख शिवराज सुवेदीले बताउनुभयो । कार्यक्रममा सहभागी विज्ञ, अगुवा तथा सरोकारवालाहरुले पर्यटनलाई समृद्धिको बलियो आधारका रुपमा लिनुपर्ने बताउँदै बुटवल उपमहानगरले सुरु गरेको काम सराहनीय र ऐतिहासिक रहेको भन्दै प्रशंसा गर्नुभयो । साथै बुटवलको विकासको संकल्पलाई साकार पार्नका लागि आफुहरु सहकार्य गर्न तयार रहेको उहाँहरुको भनाइ थियो ।

, , ,

बुटवल उपमहानरपालिकाको नगरसभाको पाँचौं अधिवेशनमा
आज मिति २०७६ असार ९ गते नीति कार्यक्रम प्रस्तुत गरिएको छ ।

, , , ,

१ वर्षमा ३ पटक ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकको घरदैलोमा पुगेर निशुल्क स्वास्थ्य जाँच गर्ने निति अन्र्तगत तेस्रो चौमासिकका रुपमा स्वास्थ्यकर्मीहरु उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा रहेका जेष्ठ नागरिकको घरदैलोमा पुगी सुगर प्रेशर लगायत अन्य स्वास्थ्य परिक्षण निशुल्क रुपमा गर्ने काम भईरहेको छ । बुटवल उपमहानगरपालिकाको योजनामा छुट्नु भएका ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुले सम्बन्धीत वडा अथवा स्वास्थ्य चौकीमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।

बुटवल उपमहानगरपालिकाको चक्रपथ निर्माण गर्ने योजना अनुरुप काम भईरहेको छ ।

बुटवलको माध्यमिक तहको शिक्षा व्यवहारिक, प्रभावकारी, गुणस्तरीय र सहज पहुचयुक्त बनाउन बुटवलको शिक्षा योजना, कक्षा ११ र १२ को प्राविधिक शिक्षा पाठ्यक्रम र कक्षा १–८ स्थानिय पाठय्क्रम विभिन्न विज्ञ सम्मिलित कार्यदल मार्फत निर्माण हुदै ।
यसै क्रममा कक्षा १–८ स्थानिय पाठय्क्रमको प्रारुप तयार भएको छ ।