बुटवल उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयको सूचना दोश्रो नगर सभाका निम्ती पेश भएका देहाय बमोजिमका विधेयकहरु सरोकारवाला निकाय एवं सम्पूर्ण नगरवासीहरुमा राय सल्लाह सुझावका निम्ती बुटवल उपमहानगरपालिकाको वेभ साइट www.butwalmun.gov.np र https://www.facebook.com/butwalmun बाट सार्वजनिकिकरण गरिएको छ । प्रस्तावित विधेयक माथी आफ्नो राय, सल्लाह सुझाव, बुटवल उपमहानगर नगरकार्यपालिकाको कार्यालय, वडा कार्यालय, जनप्रतिनिधीज्यूहरु, नगरकार्यपालिका कार्यालयको इमेल info@butwalmun.gov.np, बुटवल उपमहानगरपालिकाको फेशबुक पेज एवं कार्यालयको सम्पर्क व्यक्ति श्री दामोदर ज्ञवालीलाइ ९८४७०२५९१६ मा फोन एवं SMS मार्फत समेत मिति २०७४/११/१९ गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध छ।
सार्वजनिक नीजि साझेदारी विधेयक २०७४
कृषि व्यवसाय प्रवर्द्धन विधेयक २०७४