बुटवल उप-महानगरपालिकाको नयाँ वेबसाइट सम्बन्धमा

बुटवल उप-महानगरपालिका स‌ंघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानिय निकाय वित्तिय आयोगको सचिवालय द्वारा गरीएको न्यूनतम शर्त तथा कार्य सम्पादन मुल्याङ्कन मापन (MCPM) लगातार चौथाे पटक प्रथम हुन सफल । । ।


यहाँलाई यस बुटवल उप-महानगरपालिका कार्यालयको नयाँ वेबसाइटमा स्वागत छ | यस वेबसाइटबारे तपाईका केही सुझाव भएमा यस लिंकमा गई राखी दिनुहोला साथै पुराना सूचना र दस्तावेजहरुको लागि यो लिंकमा क्लिक गर्नुहोला |

बुटवल उप-महानगरपालिकाको संक्षिप्त परिचय

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, पश्चिमान्चल विकास क्षेत्रको लुम्बिनी अंचलको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको दोभान गाविस रहेका छन् र दक्षिणपट्टिको सिमानाको रुपमा खडवा वनगाई गाविस, सौ फर्साटिकर गाविस र तिलोत्तमा नगरपालिका रहेका छन्।
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या १,३८,७४२ रहेको थियो जसमध्ये ६८,२८८ जना पुरुष थिए भने ७९,४५४ जना महिला थिए।