FAQs Complain Problems

नयाँ विषयहरु

आ.व. ०७३/०७४ का लागि नगर परिषद सम्पन्न

मिति २०७२/०९/२६ गतेका दिन बुटवल उप-महानगरपालिकाको सभाकक्षमा कार्यकारी अधिकृत श्री ध्रुव बहादुर खड्काज्युको अध्यक्षतामा यस उप-महानगरपालिकाको आ.व. २०७३/०७४ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि नगर परिषद सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष ०७३/७४ को लागि बुटवल नगरपालिकाले झण्डै ६२ करोडको वार्षिक बजेट विनीयोजन गरेको छ । १ महिनासम्म नगरका सबै वडाहरुमा गरिएको वडाभेलाबाट संकलन गरिएका योजना माग तथा सुझावहरुको आधारमा नगरपालिकाले वार्षिक बजेट तथा योजना छनौट गरेको हो । जसमा आम्दानी तर्फ स्थानिय कर आम्दानी तर्फ ६ करोड १५ लाख सेवा शुल्क वापत २ करोड ७६ लाख २५ हजार, दस्तुर तर्फ ४ करोड ३८ लाख, विक्रीतर्फ ७ लाख ५० हजार, श्रोत परिचालनतर्फ १५ लाख ३० हजार, सावा व्याज लाभांश तथा बोनस तर्फ २३ लाख १० हजार, अन्य आयतर्फ २ करोड ९३ लाख, नेपाल सरकारबाट अनुदान १९ करोड १५ लाख, जिवीस अनुदान १ करोड ७३ लाख, अन्य अनुदान तथा ऋण १७ करोड ४२ लाख ५० हजार तथा उपभोक्ता लागत सहभागिता ४ करोड ९० लाख तथा अल्या १ करोड ५० लाख गरि कुल ६१ करोड, ३९ लाख २७ हजार २ सय ९ रुपैया आम्दानी गर्ने लक्ष्य लिएको छ । त्यस्तै आम्दानी भएको बजेट अनुसार योजनामा हुने खर्चको पनि बांडफांड गरेको छ । जसमा उपभोग खर्च ९ करोड ५१ लाख ९० हजार, सेवा खर्च २ करोड ५३ लाख, क्षमता विकास कार्यक्रम ९० लाख, सामाजिक सुरक्षा कार्यक्रम ५ करोड ३० लाख फिर्ता खर्च ३० करोड, ९५ लाख ८९ हजार, पूर्वाधार विकास कार्यक्रम ४ करोड ७४ लाख, प्रवद्र्धनात्मक कार्यक्रम तर्फ ३ करोड १३ लाख १३ हजार, लक्षित समुह महिला विकास कार्यक्रमतर्फ १ करोड २५ लाख ९० हजार, बालबालिका विकास कार्यक्रमतर्फ १ करोड २२ लाख २५ हजार र आदिवासी, जनजाती, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति मधेसी, मुस्लिम, पिछडिएका वर्ग विकास कार्यक्रमतर्फ १ करोड ८२ लाख ९५ हजार रकम विनियोजन गरिएको छ ।

Show on Slider: 
1