FAQs Complain Problems

ग्यालरी

गोलपार्कदेखी योगीकुटी र पुष्पलाल पार्कदेखी तिनाउपुलसम्मको राजमार्गका डिभाइडरहरुमा एउटै डिजाइनको फुलबारी बनाउने उद्देश्य अनुरुप आज बुटवल उपमहानगरपालिका र शाइन रेसुङ्गा डेभलेपमेन्ट बैक लि. बिचमा करिब ३०० मिटर क्षेत्रफल र बसपार्कको त्रिभुज पार्कमा फुलबारी निर्माणका लागि सम्झौता भएको छ ।
यस्तै गरी कोरोना महामारीको कारणले उत्पन्न भएको असहज परिस्थितीलाई मध्यनजर गर्दै लामो तथा छोटो दुरीका यात्रुवाहक सवारीसाधनलाई निसंक्रमिकरण गर्ने उद्देश्यअनुरुप बुटवल उपमहानगरपालिका, पश्चिम नेपाल बस व्यवसायी कम्पनी लि. र रोटरी क्लब अफ बुटवलको सहकार्यमा लुम्बिनी बस टर्मिनलमा निसंक्रमिकरण निर्माण तथा सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

बुटवल उपमहानगरपालिका र नापी कार्यालयको सहकार्यमा मोतिपुर र सेमलारमा गाउँ ब्लक अन्र्तगत घरधनी जग्गा पूर्जा वितरण गर्ने काम भईरहेको छ भने बाँकी पूर्जाहरु पनि वितरण गर्ने तयारी भईरहेको छ ।
यसै सन्दर्भमा मिति २०७७ असोज २७ गते मोतिपुर पोखराबारी र वडा न. १७ मा विगतमा छुटेका बाँकी घरहरुको जग्गाधनीपुर्जाहरु पनि वितरण गर्ने काम भएको छ ।

,

बुटवल उपमहानगरपालिका र प्रक्रियाबाट छनौट भएको रुपन्देही पारवहन प्रा. लि. का बीचमा करिब २४ करोडको लगानीमा बुटवलमा ढुवानीग्राम (ट््रान्सपोर्ट भिलेज) निर्माणका लागि सम्झौता भएको छ । बुटवलको वडा न. १२ मा बन्ने उक्त मालवाहक गाडीहरुको ढुवानीग्रामको गुरुयोजना निर्माण गर्ने काम समेत सम्पन्न भएको छ ।

, ,

बेसहारा अशक्त असाहय सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बुटवल उप महानगरपालिका ऐतिहासिक घोषणा एवं प्रतिबद्दता सभा अगाडी को शान्तिपूर्ण एवं सन्देशमूलक पैदल यात्रा
साथ एवं एक्यवद्दताको लागि सम्पूर्ण नगरवासीमा धेरैधेरै धन्यवाद !
जय मानवसेवा - जय मानवता।

, , , ,

अर्को महत्त्वपूर्ण कामको रुपमा बुटवल उपमहानगरपालिकामा रहेका अव्यवस्थित बसोबास र सार्वजनिक जग्गाको नापजाच गर्ने ऐतिहासिक कामको शुभारम्भ भएको छ ।

,

बुटवलको ईतिहासमा नयाँ उपलब्धी

चीनका सम्माननीय राष्ट्रपति सि जिंगपिंग र नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको विशेष समुपस्थितिमा चीनको तेस्रो ठूलो शहर सियान र बुटवल उप-महानगरपालिका बिच भगिनी सम्बन्ध स्थापित गर्ने विषयमा नेपालका लागि चीनका राजदूत र बुटवल उप-महानगरपालिकाका प्रमुख शिवराज सुवेदीबिच औपचारिक समझदारी पत्रमा हस्ताक्षर गर्दै समझदारी पत्र आदान प्रदान गर्ने ऐतिहासिक काम सम्पन्न भएको छ

बुटवल उप-महानगरपालिकाद्वारा उप-प्रमुखको संयोजकत्वमा गरिएको बजार अनुगमन

, , ,

बुटवल उप-महानगरपालिकाको सहयोगमा निर्माण भएका हरित गृहहरुमा प्राङ्गारिक खेती मार्फत तरकारी उत्पादन गर्दै किसानहरु

, ,