FAQs Complain Problems

नयाँ विषयहरु

बुटवल उपमहानगरपालिकाकाे ५७ ‌औ स्थापना दिवस सम्पन्न

फल्गुन ३ २०७२
२०१६ साल फागुन ३ गते स्थापना भएको बुटवल उपमहानगरनगरपालिकाले आफ्नो ५७ औं स्थापना दिवश मनाएको छ । नगरपालिका तथा कर्मचारी एशोसिएसनले आफ्नो स्थापना दिवशको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । सोहि अवसरमा नगरपालिकाले बिभिन्न ब्याक्तिलाइ सम्मान गरेको छ । स्थापना दिवशको अवसरमा आयोजित विशेष कार्यक्रममा नगरपालिकाले कर्मचारीबाट उत्कृष्ट कर्मचारी खरिदार राम प्रसाद पन्थी तथा नायव सुब्बा बिष्णु श्रेष्ठ खरिदार रेखा श्रेष्ठ लाइनमेन दिल बहादुर थापा का.स जिवाखर अधिकारी का.स कमल कार्की तथा सपाइकर्मी कृष्ण दमाइलाइ प्रोत्साहन पुरस्कार तथा प्रसंसापत्रले सम्मान गरेको छ । त्यस्तैगरि प्रबेशिका परिक्षा २०७१ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत बिद्यालयका विद्यार्थीहरुलाई पनि सम्मान गरेको छ । नगरपालिकाले सामुदायीक विद्यालयतर्फ बुटवल नगर प्रथम हुने कान्ती उच्च माबिका मनोज भण्डारी र कान्तीकै देवी भट्राराइलाई नगद १० हजार रुपैया तथा प्रमाणपत्रले सम्मान गरेको छ । त्यसैगरि संस्थागत विद्यालयतर्फ एभरेष्टका छात्र अरुण अर्याल र अक्फोर्ड कि छात्रा निधी सिहलाई पनि नगद १० हजार तथा प्रमाणपत्रले सम्मान गरेको छ । पुरस्कृत कर्मचारी तथा विद्यार्थीहरुलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा पूर्वनगरप्रमुख भोजप्रसाद श्रेष्ठ, पुनाराम पोखरेल, कांग्रेस बुटवल नगरसचिव ज्योती भण्डारी, उद्योग बाणीज्य संघका अध्यक्ष महेशमान सिंह, उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, व्यापार संघका मोतीलाल पाण्डे, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधीराम खरेल, पुस्तक तथा स्टेसनरी व्यवसायी संघका केन्द्रीय अध्यक्ष हरि अर्याल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरवहादुर केशी, बरिष्ठ समाजसेवी गणेशमान सैंजु, बटौली संरक्षण सम्बद्र्धन समितिका रविन्द्र गोपाल लाकोल, महिला नगर समन्वय समितिकी रिजन श्रेष्ठ, सावित्रा अर्याल लगायतले बोल्दै उपमहानगरपालीकालाई अब महानगरपालीका बनाउने लक्ष्यका साथ अगाडि बढाउनुपर्ने विचार व्यक्त गरेका थिए । उक्त समारोहमा सञ्चारको क्षेत्र मार्फत नगर क्षेत्रको विकासको लागि योगदान पुर्याएको भन्दै बुटवल एफ एम, लुम्बिनी टिभि, रेडियो लुम्विनी, मुक्ती एफ एम र दैनिक लुम्बिनी दैनिक लाइ सम्मान गरिएको थियो । त्यस्तै नगर क्षेत्रको योगदानमा भुमीका खेलेको भन्दै विभिन्न टोल तथा उपभोक्ता संस्था, व्यवसायीक तथा सामाजिक संघसंस्था,पत्रकार महासं‌घ रुपन्देही स‌घ, उत्कृष्ठ करदाता लगायतलाई सम्मान गरिएको थियो । सो कार्यक्रम उपमहानगरपालीकाका कार्यकारी अधिकृत धुव्रवहादुर खड्काको अध्यक्षता बरिष्ठ अधिकृत विष्णु खनालकाे स्वागत तथा बरिष्ठ अधिकृत दामोदर ज्ञवालीको सञ्चालनमा भएको थियो ।

Show on Slider: 
1